TagaroNews
प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता हुँदै

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आज बालकोट जाँदैछन् । भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका ओलीलाई भेट्न प्रचण्ड बालकोटस्थित ओली निवास जान लागेका हुन् ।

भेटमा सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयक र संवैधानिक परिषद सम्बन्धी विधेयक अगाडि बढाउने विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । एमाले अध्यक्ष ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आजै बिहान बालकोट जाने तयारीमा छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update