TagaroNews
लुम्बिनी विश्व सम्पदा सूचीबाटै हट्ने खतरा
तस्वीर : रासस

रुपन्देही- विश्व शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी खतराको सूचीमा पर्ने जोखिम देखिएको छ । लुम्बिनीको गुरुयोजना विपरीत जथाभाबी निर्माण भएका संरचनाले लुम्बिनी विश्व सम्पदाको खतरा सूचीमा पर्ने सम्भावना बढेको हो ।

यूनेस्को विश्व सम्पदा केन्द्रको ४३ औँ सत्रको निर्णय र नेपाल सरकारले यूनेस्कोलाई गरेको आमन्त्रण अनुसार यूनेस्को ‘रि एक्टिभ मनिटरिङ मिसन’ले सन् २०२२ मा लुम्बिनीको अध्ययन अवलोकन भ्रमण गरेको थियो ।

उक्त मिसनले अध्ययन गरेर बुझाएको प्रतिवेदनमा सुधारका काम नगरे लुम्बिनीलाई विश्व सम्पदा खतराको सूचीमा सूचीकृत गर्ने उल्लेख छ । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको वरिपरि भइरहेका पूर्वाधार निर्माण र प्रदूषणका कारण परेको प्रभावबारे संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठनको उक्त टोलीले अध्ययन गरेको थियो । यूनेस्कोले लुम्बिनीलाई सन् १९९७ मा विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो ।

पुरातत्त्व विभागका पूर्वमहानिर्देशक कोषप्रसाद आचार्य लुम्बिनीको सम्पदा जोगाउन सरकार र कोषका तर्फबाट काम नभएको बताए । 

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update