
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीले आफूलाई भाइरल ज्वरो आएको बताएका छन् ।
‘अहिले म एन्टिबायोटिक औषधी खाएर निवासमै आराम गरिरहेको छु। तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरूको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो। तर, अहिले म ती कार्यक्रमहरुमा सहभागी हुन सकिरहेको छैन,’ ओलीले भनेका छन् ।
उनले स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा ती क्षेत्रका मतदातालाई भेट्न जाने बताएका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८० १७:५१
प्रतिक्रिया दिनुहोस्