TagaroNews
तनहुँ १ उपनिर्वाचनः विवेकशील साझाले रास्वपाका वाग्लेलाई समर्थन गर्ने
विवेकशील साझाले विज्ञप्ती सहित रास्वपालाई समर्थन जनाउँदै ।

तनहुँ- तनहुँ क्षेत्र नं. १ मा वैशाख १० गते हुने उपनिर्वाचनमा विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र (रास्वपा) का उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।

विवेकशील साझाले आफुले उम्मेदवारी नदिई रास्वपाका उम्मेदवार अर्थविद् डा. स्वर्णिम वाग्लेलाई समर्थन गर्ने जनाएको हो ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले आर्थिक क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा विज्ञता हासिल गर्नुभएको र हालको अवस्थामा उहाँको विज्ञता नेपालको संसदमा आवश्यकता पर्ने महसुस गर्दै विवेकशील साझा पार्टी, तनहुँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्दछ’, विवेकशील साझा तनहुँका संयोजक नगेन्द्र शर्मा ढुंगानाले हस्ताक्षित विज्ञप्तीमा भनिएको छ ।

रास्वपाका वाग्लेलाई घण्टी चिन्हमा मतदान गरी विजयी गराउनका मतदाताहरूलाई संयोजक ढुंगानाले आग्रह गरे ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update