TagaroNews
इरानमा महिलाको स्तन र योनिमा सुरक्षाकर्मीको गोली 

काठमाडौं । इरानका सुरक्षाकर्मीहरूले जानाजान महिला विरोधकर्ताहरूको अनुहार, स्तन र योनिमा गोली चलाइरहेको चिकित्सकहरूले दाबी गरेका छन् । महिलाहरूको सौन्दर्य नष्ट गर्नका लागि यसो गरिएको उनीहरूको भनाइ छ । 

चिकित्सक र नर्सहरूले चाट लागेका महिलाको गोप्य रूपमा उपचार गरिरहेका छन् । महिलाहरूलाई योनि संक्रमण तथा स्थायी क्षतिको खतरा रहेको उनीहरूको भनाइ छ । 

बेलायतको द गार्डियन पत्रिकासँग कुराकानी गर्दै स्वास्थ्यकर्मीहरूले महिला विरोधकर्ताहरूका संवेदनशील अंगमा सुरक्षाकर्मीहरूले तारो बनाएको बताए । पुरुष विरोधकर्ताहरूको चाहिँ ढाड, गोडा र नितम्बमा गोली हानिएको छ । 

सुरक्षाकर्मीहरूले इन्फेरियोरिटी कम्प्लेक्सका कारण महिलाको योनिमा गोली हानेको आरोप चिकित्सकहरूले लगाएका छन् । विरोधकर्ताहरूलाई चोट दिएर सुरक्षाकर्मीहरूले आफ्नो यौन भावनालाई विरेचन गरेको पनि उनीहरू बताउँछन् । -एजेन्सी

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update