TagaroNews
वैदेशिक रोजगार मुद्धाका फरार अभियुक्त लमजुङमा पक्राउ
सांकेतिक तस्वीर ।

लमजुङ – वैदेशिक रोजगार कसूरको मुद्दामा दोषी ठहर भई फरार अभियुक्त झण्डै दुई बर्षपछि पक्राउ परेका छन् । क्व्होलासोथार गाउँपालिका–५, सिङ्दिका ३६ बर्षीय प्रेम गुरुङलाई प्रहरीले मंगलबार उनकै घरबाट पक्राउ गरेको हो ।

फैसला कार्यन्वयनको सिलसिलामा वैदेशिक रोजगार न्यायाधिकरणबाट २०८० साल असार २६ गते फैसला भई वैदेशिक रोजगार सम्बन्धी कसुरमा ३ बर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना तोकिई फरार रहेका गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुरुङलाई बुधबार जिल्ला अदालत पेस गरिएकोमा अदालतको आदेशले कैद र जरिवाना असुल उपरका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update