TagaroNews
गैरकानूनी कर बन्द गर्न अटेर बेसीशहर नगरपालिका [फलोअप]

लमजुङ – बेसीशहर नगरपालिकाले अधिकार क्षेत्रभन्दा बाहिर गएर मनोमानी कर उठाउने कार्य अझै बन्द गरेको छैन् ।

पालिकाले स्थानीय सरकारको अधिकार क्षेत्रभन्दा बाहिर गएर गैरकानूनी ढंगले उठाउँदै आएको ‘सवारी प्रदुषण कर’ बन्द गर्न अझै अटेर गरेको हो ।  

पालिकाले आफै ऐन बनाएर सवारी साधनमा प्रदुषण कर लगाइरहेको छ । पालिका आफैले बनाएको ऐन नै गैरकानूनी हो भन्ने बुझ्दा पनि अझै मुकदर्शक बनिरहेको छ ।  

पालिकाले क्षेत्रअधिकार मिचेर बनाएको ऐन, संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को विपरीत छ । जुन सिधै गैरकानुनी हो । 

संविधान र स्थानीय सरकार सञ्चालन ऐन मा उल्लेखनै नभएको ऐन बनाएर यस पालिकाले आफ्नो नगर क्षेत्रमा मात्र होइन, जिल्लाभरकै (अन्य पालिकामा समेत सञ्चालित) सवारी साधनहरुबाट प्रदुषण कर असुलीरहेको छ ।

यता पालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्याल पहिलेकै भनाई दोहोराउँदै भन्छन् ‘यो कार्य पहिले देखी नै चलेको हो, नगरसभाबाट उक्त ऐन संसोधन नगरेसम्म कर लिने काम रोकिदैन ।’

यो पनि..

गैरकानुनी ‘सवारी प्रदुषण कर’ असुल्दै बेसीशहर नगरपालिका

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update