
लमजुङ – डुम्रे–बेसीशहर सडकखण्ड अन्तर्गत भानु नगरपालिका–१०, नेपालीडाँडामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १० जना घाईते भएका छन् ।
तनहुँको डुम्रेबाट लमजुङ तर्फ आइरहेको बा२ख ४०२२ नम्बरको हाइस माइक्रोेले आइतबार बिहान पौने १२ बजे बिपरीत दिशाबाट गइरहेको ग२६प ४०५८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बेसीशहर-८ बस्ने ३२ बर्षीय अनिता थापा श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्कुटर चालक ४१ बर्षीय सुरेश भन्ने दिपेन्द्र श्रेष्ठ गम्भिर घाईते छन् । उनलाई भोटेवडार हस्पिटलमा सामान्य उपचार पश्चात थप उपचारका लागी चितवन मेडिकल कलेज लगिएको छ । उनीहरु श्रीमान श्रीमती हुन् ।
दुर्घटनामा परी माइक्रोमा सवार मनाङ नासों गाउँपालिका-८ बस्ने ४० बर्षीय मन घलेको मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाईते रहेका घलेको सुन्दरबजार स्थित नमुना सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी नासों गाउँपालिकाकै जनविकास आधारभुत विद्यालयका प्रधानाध्यापक हुन् ।
दुर्घटनामा परी दुधपोखरी गाउँपालिका–५ बस्ने २४ बर्षीय युनिसा गुरुङ, बेसीशहर बस्ने १४ बर्षीय पुजा गुरुङ, बेसीशहर–३ बस्ने ५४ बर्षीय लिला प्रसाद बसौला, बेसीशहर–५ बस्ने राजकुमारी गुरुङ, गोरखा सुलिकोट गाउँपालिका–७ बस्ने ५१ बर्षीय धन बहादुर गुरुङ, ओखलढुङ्गाका ५२ बर्षीय प्रेम बहादुर सुनार, ओखलढुङ्गाकै ३५ बर्षीय अधिस राई र सोलुखुम्बुका ३२ बर्षीय कुमार राई घाईते भएका छन् । उनीहरुलाई भोटेओडार हस्पिटलमा सामान्य उपचार पश्चात थप उपचारका लागी चितवन मेडिकल कलेज रिफर गरिएको छ ।
माइक्रो चालक सिन्धुपाल्चोकका मानबहादुर घलेलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । माईक्रोमा १७ जना सवार रहेको खुल्न आएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।