
काठमाडौँ - नवनियुक्त परराष्ट्रमन्त्री एनपी (नारायणप्रसाद) साउदले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । आइतबार दिउँसो शीतल निवासमा साउदले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका हुन् । ८ मन्त्री भाग पाएको कांग्रेसबाट साउद मन्त्री बन्दा पाँच मन्त्री पुगेको छ ।
अझै तीन मन्त्री पठाउन बाँकी छ । बाँकी तीन मन्त्रीमा कांग्रेसको शेखर समूहले दाबी गरिरहेको छ । शेखर समूहले नाम नपठाउँदा ढिलाइ भएको संस्थापन पक्षले बताउने गरेको छ । तर तीन मन्त्री नपाए सरकारमा नजाने शेखर समूहको अडान छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८० १५:४१
प्रतिक्रिया दिनुहोस्