TagaroNews
लमजुङमा नुहाउने क्रममा खोलामा डुबेर बालिकाको मृत्यु
सांकेतिक तस्वीर ।

लमजुङ – लमजुङमा एक बालिकाको खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ । 

दोर्दी गाउँपालिका–४, नौथर सेरा बस्ने विष्णु तामाङको ५ बर्षीया छोरी रश्मी तामाङको दोर्दी खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । 

सोमबार बिहान ९ बजेतिर नुहाउने क्रममा उनी खोलामा डुबेकी थिइन् । खोलामा डुबेर घाईते भएपछि उनलाई तत्कालै उपचारका लागि सुन्दरबजार नगरपालिका–९, सिउडीबार स्थित भोटेवडार अस्पताल लगिएको थियो । 

भोटेवडार अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागी प्रदेश अस्पताल लमजुङ ल्याइएकोमा चिकित्सकले उनलाई बिहान ११ बजेर ४० मिनेट जाँदा  मृत घोषणा गरे । 

खोलामा संगै गएका अन्य २ जना बच्चाहरु भने, सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजकिशोर शाह तेलीले बताए । 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update