TagaroNews
तनहुँमा गाउँपालिका सभापतिसहित २ जना कांग्रेसबाट निष्काशित

तनहुँ । नेपाली कांग्रेस तनहुँले उपनिर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध प्रचार प्रसार गरेको भन्दै दुई जनामाथि कारबाही गरेको छ । नेपाली कांग्रेस अनुशासन समिति तनहुँको वैशाख २ गते बसेको बैठकले पार्टीको क्रियाशील सदस्य समेत नरहने गरी दुई जनालाई पार्टीबाट निष्काशन गरेका छन् ।

पार्टीको आबुखैरेनी गाउँपालिका सभापति विष्णुबहादुर पन्थ र व्यवास नगरपालिका ३ का क्रियाशील सदस्य राजु दाहाललाई निष्काशन गरिएको नेपाली कांग्रेस अनुशासन समिति तनहुँका संयोजक केशबहादुर सुनारले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update