
लमजुङ – दुधपोखरी गाउँपालिका–४ स्थित चम्पावती प्राथामिक विद्यालयलाई तमु समाज इजरायलको सहयोग मिलेको छ ।
विद्यालयमा निर्माणाधीन विद्यालय भवनका लागी समाजले एक लाख २५ हजार बराबरको फर्निचर सामाग्री सहयोग गरेको हो । सो सहयोग सामाग्री बुधबार एक कार्यक्रमका बिच विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा तमु समाज इजरायलका कार्यसमितिका सदस्य धना गुरुङकी आमा कु माया गुरुङबाट विद्यालय व्यवस्थापन समितिका सदस्य बुधमाया गुरुङलाई सो रकम बराबरको सामाग्री हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक विमला अधिकारीले बताइन् ।
सो सहयोग रकमबाट भवनमा आवश्यक बेन्च, टेबल लगाएतका सामाग्री खरिद गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा वडा अध्यक्ष ओम बहादुर गुरुङले तमु समाज इजरायल, धना गुरुङ, सपना गुरुङ र नर बहादुर गुरुङलाई विद्यालयमा गरेको सहयोगको प्रशंसा गर्दै सम्मान पत्रद्धारा सम्मान समेत गरे ।