TagaroNews
जनकल्याण सहकारी ठगी प्रकरणः मधुमायासँग ८५ लाख धरौटी माग, गुरुङ कारागार चलान 

लमजुङ – जिल्ला अदालत लमजुङले जनकल्याण सहकारी संस्था लिमिटेडको रकम अपचलन आरोपी दुई जनामध्ये एकलाई पुर्पक्षका लागि कारागार पठाइएको छ भने, अर्कोसँग धरौटी माग गरेको छ ।

जिल्ला न्यायाधिश कृष्ण प्रसाद पौडेलको इजलासले जनकल्याण सहकारीका ङादी सेवा केन्द्र प्रमुख विरेन्द्र गुरुङलाई पूर्पक्षका लागी थुनामा पठाउन आदेश दिएको हो । इजलासले मुधमाया बगालेसँग ८५ लाख रुपैँया धरौटी माग भएको छ । 

बगालेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ अनुसार सो रकम बराबरको धरौटी माग गर्ने आदेश गरेको अदालतका श्रेस्तेदार भेषराज पौडेलले जानकारी दिए ।

आदेशमा भनिएको छ,‘माग भएको धरौटी वा जमानत वा बैंक जमानत दिए निज प्रतिवादीलाई तारेखमा राख्नु । सो दिन नसके कानून बमोजिम थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइदिनु ।’ 

श्रेस्तेदार पौडेलका अनुसार अदालतको आदेश अनुसार धरौटी रकम तत्काल बुझाउन नसकेपछि बगालेलाई समेत पूर्पक्षका लागी कारागार पठाइएको छ । 

जनकल्याण सहकारीको ११ करोड २० लाख रुपैँया अपचलनको आरोपमा प्रहरीले दुई जना बिरुद्ध सहकारी ठगी र सम्पती शुद्धीकरणको मुद्धामा ८६ दिनसम्म हिरासतमा राखी अनुसन्धान गरेको थियो । व्यवस्थापक गुरुङ गत मंसिर १६ गते र बगाले मंसिर १७ गते पक्राउ परेका थिए ।

सहकारीको रकम हिनामिनामा मुख्य भूमिका बगालेको देखिएको अनुसन्धान प्रतिवेदनले निष्कर्षपछि सहकारी रजिस्ट्रार कार्यालय गण्डकीले जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएसँगै प्रहरीले दुवैजनालाई पक्राउ गरी सुस्म अनुसन्धान गरेको हो ।

मर्स्याङ्दी गाउँपालिका–९, सिमपानीकी ५८ बर्षीया बगाले सोहि गाउँपालिकाको कार्यपालिका सदस्य हुन् । उनी नेकपा एमाले मर्स्याङ्दी गाउँपालिका–९ वडा कमिटि अध्यक्ष समेत थिइन् ।

सहकारी ठगी प्रकरणमा मुछिएपछि नेकपा एमालेले वडा कमिटीको अध्यक्ष पदबाट निलम्बन गरिसकेको छ । यता गाउँपालिकाले भने, कार्यपालिका सदस्यबाट निलम्बन गरेको छैन् ।

यो पनि..

जनकल्याण सहकारी प्रकरणः नक्कली ऋणी बनाएर १० वर्षमा ११ करोड ‘झ्वाम’

सहकारी ठगी प्रकरणः मधुमाया बिरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

सहकारी ठगी: मर्स्याङ्दी गाउँपालिका कार्यपालिका सदस्य मधुमाया पक्राउ

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update