
लमजुङ – जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
सोमबार बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिका– २, घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्पमापन केन्द्रले ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको जनाएको छ । सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१ ०९:५९
प्रतिक्रिया दिनुहोस्