TagaroNews
बेसीशहरमा घरको छतबाट खसेर बालकको मृत्यु
सांकेतिक तस्वीर ।

लमजुङ – बेसीशहरमा घरको छतबाट खसेर बालकको मृत्यु भएको छ । छतमा खेलिरहेको अवस्थामा खस्दा बेसीशहर नगरपालिका–७, क्याम्पस रोड बस्ने यासिन मियाका ४ बर्षीय छोरा हमदान मियाको मृत्यु भएको हो । 

विद्यालयबाट फर्केर घरको छतमा खेलिरेहका बालक बिहिबार दिउँसो करिब साढे ३ बजे एकाएक तीन तलामाथिबाट भुँइमा खसेर गम्भिर घाइते भएका थिए । बालकलाई तत्काल उपचारका लागी प्रदेश अस्पताल बेसीशहर लगिएको थियो । 

गम्भिर घाइते रहेका बालकको तत्काल बेसीशहरमा उपचार सम्भव नभएपछि थप उपचारका लागी पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो । राती करिब पौने १० बजे अस्पताल पुर्‍याएका बालकको चिकित्सकले सवा १० बजेतिर मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । 

बालकका बुबा यासिन मिया बैदेशिक रोजगारीमा बिदेश छन् । उनी आमा अप्सा मियासँग बस्दै आएका थिए । 

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update