
दमौली – नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशको अध्यक्षमा लमजुङका दिलिप राना मगर चयन भएका छन् ।
संघ गण्डकी प्रदेशको तनहुँ सदरमुकाम दमौलीमा शनिबार सम्पन्न तेस्रो अधिवेशनले रानालाई अध्यक्षमा चयन गरेको हो ।
‘पुर्ण समानुपातिक र पहिचान सहितको राज्य व्यवस्थाको लागि हाम्रो आन्दोलन, वैज्ञानिक व्यवहारिक र वहुभाषिक संघीय शिक्षा प्रणालीको पक्षमा’ भन्ने मुल नाराको साथ अधिवेशन आयोजना गरिएको थियो ।
अधिवेशनको गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री एवं प्रदेश सभा सदस्य, नेपाली कांग्रेस तनहुँका सभापति जित प्रकाश आलेले उद्घाटन गरेका थिए ।
नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेश समितिको आयोजना र नेपाल मगर विद्यार्थी संघ तनहुँको व्यवस्थापनमा आयोजित अधिवेशनले २५ जनाको कार्यसमिति चयन गरेको छ ।
कार्यक्रम संघका गण्डकी अध्यक्ष देक पुन मगरको अध्यक्षतामा भएको थियो । नवनिर्वाचित अध्यक्ष राना नेपाल विद्यार्थी संघ लमजुङको अध्यक्ष समेत हुन् ।