
काठमाडौं- केलिएन एम्बाप्पे लिग वानमा पिएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। शनिबार राति भएको खेलमा पिएसजीले १० खेलाडीमा सीमित बनेको लेन्सलाई ३–१ ले पराजित गर्दा १ गोल गरेपछि उनले पिएसजीका लागि कीर्तिमान बनाएका हुन्।
एमबाप्पेले १६९ खेलमा १३९ गोल गर्दै एडिसन काभानीको रेकर्ड तोडेका हुन्। दुई शीर्ष टिमबीचको महत्त्वपूर्ण खेलमा लेन्सका मिडफिल्डर सलिस अब्दुल समीद सिधै रातो कार्ड खाएर मैदानबाट बाहिरिएका थिए।
जितसँगै पिएसजीले शीर्षस्थानमा ९ अंकको स्पष्ट अग्रता बनाएको छ । पिएसजीको ३१ खेलबाट ७२ अंक पुगेको छ । पराजित लेन्स ६३ अंक जोडेर दोस्रो स्थानमा यथावत छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८० ०७:५३
प्रतिक्रिया दिनुहोस्