TagaroNews
गण्डकीका वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेललाई पितृ शोक

लमजुङ – गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेललाई पितृशोक परेको छ ।

उनका बुवा तिलक बहादुर पौडेलको ९८ बर्षको उमेरमा निधन भएको हो । पौडेल लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याले ग्रस्त थिए । 

बेसीशहर नगरपालिका–७ स्थित निवासमा आराम गरिरहेका पौडेल आइतबार एक्कासी बिरामी परेपछि लमजुङ अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । 

आईसीयूबाट भेन्टिलेटरमा सारिएका पौडेललाई डाक्टर र पारिवारीक सल्लाह बमोजीम घर ल्याइएको थियो । पौडेलको मंगलबार दिउँसो करिब सवा ३ बजे निधन भएको हो ।

लमजुङ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष समेत रहेका पौडेल लामो समय समाजसेवामा सक्रिय थिए ।

पौडेलको पार्थिव शरिरलाई मंगलबार दिउँसो ४ वजेपछि शवयात्रा सहित अन्त्यष्टि गर्ने कार्यक्रम रहेको छ ।

उनका २ श्रीमती, २ छोरा र ६ छोरी रहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update