
लमजुङ – सदरमुकाम बेसीशहर स्थित मानव सेवा आश्रममा आश्रितहरुको निःशुल्क द्धन्त परीक्षण गरिएको छ । बेसीशहर सेरास्थित दिपिका युनिभर्सल डेन्टल होमले आश्रममा आश्रितहरुका लागि सोमबार निःशुल्क दन्त परीक्षण शिविर सञ्चालन गरेको हो ।
डेन्टल होमका सञ्चालक दिपक पौडेलले आफ्नो जन्मदिनको अवसरमा आश्रममा आश्रय लिएकाहरुको सेवाका निम्ती शिविर गरेका हुन् । विगतका बर्षहरुमा जिल्लाका दुर्गम गाउँहरुमा पुगेर निःशुल्क सेवा दिँदै आएका पौडेलले सदरमुकाम भित्रै रहेका सहयोगापेक्षी आश्रितहरुलाई सेवा गर्न पाउदा खुशी मिलेको बताए ।
आश्रममा रहेका आश्रितहरु बास्तविक सहयोगापेक्षि रहेको भन्दै पौडेलले आगामी दिनहरुमा पनि उनिहरुको दाँत सम्वन्धी परिक्षण तथा उपचारका लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । शिविरमा आश्रममा रहेका २४ जना सहयोगापेक्षीसँगै आश्रमका सहयोगीहरुको पनि दाँत परिक्षण गरिएको थियो ।
परिक्षणको क्रममा थप उपचार गर्न आवश्यक रहेकाहरुलाई दिपिका युनिभर्सल डेन्टल होम क्लिनिकमा निःशुल्क उपचार गरिने पौडेलले बताए । उनले सहयोगापेक्षीको दन्त परिक्षणसँगै दाँत माझ्ने ब्रस उपलब्ध गराए भने, विहानको खानाको समेत व्यवस्था गरे ।