
लमजुङ – उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, सिउरुङ गाउँमा रहेको भेडीगोठमा आगलागी हुँदा लाखौं धनमाल जलेर नष्ट भएको छ ।
सोमबार बिहान साढे ८ बजेतिर चुलोबाट एक्कासी आगो सल्किएर स्थानीय गणेश बहादुर गुरुङको भेडीगोठ जलेर पूर्णरुपमा नष्ट भएको हो ।
गोठ धनी गुरुङले भने, ‘हाम्रो र अन्य गोठको भेडाहरु चर्ने क्रममा मिस्सिन पुगेछ । गोठालेहरु भेडा छुट्याउन जाने क्रममा गोठमा एक्कासी आगोलागी भयो । भेडाहरुमा क्षति नपुगेपनि गोठमा भएको सबै धनमाल जलेर नष्ट भयो ।’
भेडीगोठ भित्र भएका लत्ताकपडा, सोलार लाइट सेट, खाना पकाउने सबै सामाग्री, ठेकीहरु, रेडियो लगाएत सामान र गोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट करिब १ लाख ४० हजार बराबरको क्षति भएको गोठ धनी गुरुङले बताए ।
गोठ आगलागीबाट क्षति भएसँगै प्रहरी र जनप्रतिनिधिलाई खबर गरेको उनले जानकारी दिए । प्रहरी घट्नास्थल तर्फ जाँदै गरेको जनाएको छ ।