
लमजुङ – बेसीशहर नगरपालिका–८, शेरा चोकबाट लमजुङ प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।
शेरा चोक स्थित सन्जु गुरुङले सञ्चालन गरेको रेन्टुरेन्ट घरको माथिल्लो तलामा तास खेलिरहेको सूचनाको आधारमा प्रहरीले शनिबार राती ७ बजे जुवाडेहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बेसीशहर नगरपालिका–११ चिति बस्ने ४१ बर्षीय अजित बस्नेत, बेसीशहर–९ का ७२ बर्षीया टस बहादुर गुरुङ, बेसीशहर–८ बस्ने बर्षका ४२ कृष्ण देउजा, ४० बर्षीय सन्जु गुरुङ, ३९ बर्षीय रेसम घले र ३५ बर्षीय राजु गुरुङ छन् ।
प्रहरीले उनीहरुको साथबाट १२ हजार ६ सय २० रुपैँया नगद र एक बुक तास बरामद गरेको छ ।
पक्राउ परेकाविरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा दायर गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी निशान्त श्रीवास्तवले बताए ।