TagaroNews
लमजुङमा जेसीबी दुर्घटना, एकको मृत्यु
सांकेतिक तस्वीर ।

लमजुङ – दोर्दी गाउँपालिका–६, ताजेगाउँ स्थित सडकमा जेसीबी पल्टिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि ठाउँका ३९ बर्षीय उमर जंग घले रहेका छन् ।

पिपुल्स हाईड्रोपावरमा फलामको पाइप लिएर गएको गाडी फसेपछि सो गाडीको उद्धारमा लगिएको बा२क ३२६७ नम्बरको जेसीबी बिहिबार साँझ साढे ६ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी जेसीबीमा सवार घले गम्भिर घाईते भएका थिए । 

टाउकोमा गहिरो चोट लागेर गम्भिर रहेका घलेलाई उपचारका लागी नयाँ मेडिकल कलेज भरतपुर चितवन लगिएको थियो । घाईते घलेको उपचारको क्रममा गएराती मृत्यु भएको प्रहरीले जनाएको छ । 

घले आयोजनामा सुपरभाइजरको रुपमा कार्यरत थिए । जेसीबी चालक मकवानपुर जिल्ला भिमफेदी गाउँपालिका–६ बस्ने २५ बर्षीय रविन रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  घट्नाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update