
लमजुङ – चितवन मेडिकल कलेज (सीएमसी) भरतपुरको सहयोगमा लमजुङको सुन्दरबजारमा बृहत नि:शुल्क एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।
भरतपुर महानगरपालिका-७, चितवन स्थित सिर्जनाचोक भेट्रान्स क्लबको आयोजनामा यहि माघ १९ गते शनिबार सुन्दरबजार नगरपालिका–४, दुराडाँडा सत्रसयमा सीएमसीका बिशेषज्ञसहितको टोलिद्धारा बृहत नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
दुराडाँडा स्थित शान्ति सिर्जना प्राथामिक विद्यालयको प्राङ्गणमा सञ्चालन गरिने बिषेशज्ञसहितको निःशुल्क शिविरमा निमुखा पीडित महिलाहरुलाई लक्षीत गरी स्त्री रोगको बिशेष परीक्षण गरिदैछ ।
यस्तै बालवालिकालाई लक्षीत गरी बाल रोगको परीक्षण सँगै नाक, कान, घाँटी, छाला रोगबारे बिशेशज्ञ सेवा प्रदान गरिने सीएमसीका अप्रेशन म्यानेजर पारश अधिकारीले बताए । उनका अनुसार शिविरमा बिषेशज्ञसहितको हाडजोर्नी तथा नसा रोग, दाँत लगाएतका समस्याबारे समेत परीक्षण गरिनेछ् ।
स्वास्थ्य शिविरमा नि:शुल्क स्वास्थ्य परीक्षण, परामर्श, पाठेघर क्यान्सर सम्बन्धि प्रारम्भिक जाँच सँगै निःशुल्क औषधि वितरण गरिने सीएमसीले जनाएको छ ।
आफ्नै गाउँ ठाउँमा हुने बिषेशज्ञसहितको निःशुल्क स्वास्थ्य सेवाबाट लाभान्वित हुन आयोजक क्लवका अध्यक्ष रुपकराज अधिकारीले आग्रह गरे ।
चितवन मेडिकल कलेजले यसअघि पनि जिल्लाका विभिन्न दुर्गम क्षेत्रहरुलाई समेटेर बिशेषज्ञसहितको नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।