TagaroNews
लमजुङमा ट्याक्टर दुर्घटना, युवकको मृत्यु

लमजुङ – दोर्दी गाउँपालिका–५, पाचोक स्थित कैँचीडाँडाको जंगलको सडकमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँ भानु नगरपालिका–९ बस्ने २७ बर्षीय किरण गुरुङ रहेका छन् । 

पाचोक बेसीबाट कैँचीडाँडा तर्फ दाउरा लिन जाँदै गरेको ग१त ५२७६ नम्बरको ट्याक्टर मंगलबार बिहान साढे ८ बजेतिर अनियन्त्रित भई दुर्घटना भएको हो । 

दुर्घटनामा परी गुरुङको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक गुरुङको शव परीक्षणका लागि लमजुङ अस्पताल बेसीशहर ल्याइएको छ । 

ट्याक्टर चालक दोर्दी गाउँपालिका–३ बस्ने ३० बर्षीय लाल बहादुर तामाङ भने, फरार छन् । उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राज किशोर साहले बताए । 

घट्नाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update