
लमजुङ – लमजुङबाट १३ बर्षीय बालिका अपहरण गरेको घट्नाका ३ जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला अदालत लमजुङले मंगलबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै उनीहरुलाई कारागार चलान गरिएको हो ।
कारागार चलान हुनेमा भारत मोतिहारीका ४० बर्षीय बिगु खान र उनकी श्रीमती नार्गिक खान रहेका छन् । उनका १७ बर्षीय नाबालक छोरालाई भने, बाल सुधारगृह पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राज किशोर साहले बताए ।
जिल्ला अदालत लमजुङका न्यायाधीस कृष्ण प्रसाद पौडेलको इजलासले मंगलबार उनीहरुलाई अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी मुद्धामा थुनामा राखेर पुर्पक्ष गर्न कारागार चलानको आदेश दिएको अदालतका श्रेष्तेदार भेषराज पौडेलले बताए ।
खान परिवारका सदस्यले बेसीशहर नगरपालिका–७, बस्ने १३ वार्षीय कुमारी (नाम परिवर्तन)लाई गत मङ्सिर २४ मा अपहरण गरि भरततर्फ लग्दै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान गरि पक्राउ गरेको हो ।
अपहरणको खबरलगत्तै सक्रिय बनेको लमजुङ प्रहरीले किशोरीलाई नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट उद्दार गरी ल्याइएको लमजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए । उनका अनुसार उक्त क्षेत्रबाट नै खान परिवारलाई पुस १५ गते पक्राउ गरिएको थियो ।
खान परिवार बेसीशहर नगरपालिका–७, सहजीमा सिरक-डसना बनाउने काम गर्दै आएका थिए ।
यो पनि..
लमजुङबाट वालिका अपहरण गरि भारत लैजाने पक्राउ