TagaroNews
पोखराको सेती खोंचमा खसेकी बालिकाको निधन
प्रतिकात्मक तस्विर

पोखरा- कास्कीको पोखरा महानगरपालिका- १५ सेती किनारको खोंचमा खसेकी बालिकाको निधन भएको छ । पोखरा- ८ नागढुंगाकी १२ वर्षीया स्मृति पराजुली दिउँसो ३ बजेतिर खोंचमा खसेकी थिइन् । खोंचमा खसेको झण्डै साढे २ घण्टापछि मात्रै उनको उद्धार भएको थियो ।

उद्धारपछि बालिकालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकका जानकारी दिए । प्रहरीका अनुसार पराजुली काठमाडौंबाट छुट्टीमा घर आएकी थिइन् ।


 

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update