
लमजुङ – बेसीशहर नगरपालिका–१, दलाल स्थित मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको ड्याम साईडमा बुधबार दिउँसो एक जनाको शव फेला परेको छ ।
आयोजनाको ड्याम साईडको किनारमा पानीमा घोप्टो परी आंशिक सडिसकेको अवस्थामा दिउँसो ३ बजे शव फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी निशान्त श्रीवास्तवले बताए ।
सडिसकेको मृत अवस्थामा फेला परेको शव रोल्पा जिल्ला सुनछ्हरी गाउँपालिका–५, असला बस्ने ४३ बर्षीय तिर्ख बहादुर पुन मगरको रहेको डिएसपी श्रीवास्तवले जानकारी दिए ।
प्रहरीका अनुसार कामको शिलशिलामा गत पुस ६ गते शनिबार लमजुङ आएका पुन ७ गते आइतबार दिउँसो २ बजेको समयमा ट्वाईलेट जान्छु भनि हिडि सम्पर्क बिहिन थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजा किशोर शाह तेलीको कमाण्डमा घट्नास्थल पुगेको प्रहरी टोलीले सम्पुर्ण मुचुल्का सकेर शव पोष्टमार्टमको लागि लमजुङ अस्पताल बेसीशहर ल्याइएको जनाइएको छ ।