TagaroNews
बेसीशहरको एक होटेलमा सुतेका युवा मृत फेला
साङ्केतिक तस्बिर ।

बेसीशहर - लमजुङ सदरमुकाम बेसीशहरको एक हाेटलमा एक युवा मृत फेला परेका छन् ।

बिहीबार बेलुका बेसीशहरको मनाङेचौतारा स्थित न्यु तिलिचो होटलको कोठा नं १०५ मा बास बसेका  मर्स्याङदी गाउँपालिका- ९, घर भएका ४६ वर्षीय कृष्ण बहादुर बस्नेत शुक्रबार बिहान मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

हाल मनाङ निस्याङ गाउँपालिका-२, बस्दै आएका बस्नेत उक्त काेठाको भुइँमा लडिरहेको अवस्थामा मृत फेला परेको लमजुङका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए ।

घटनाबारे आवस्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृत्यु भएका बस्नेतको शव परिक्षणका लागि लमजुङ अस्पतालमा राखिएको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  २०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update