TagaroNews
लमजुङमा अबैध लागुऔषध सहित युवक पक्राउ
साङ्केतिक तस्बिर ।

लमजुङ - लमजुङ प्रहरीले अबैध लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको राइनास नगरपालिका-६, बस्ने २३ वर्षीय राजेश सुनार रहेका छन् ।

मंगलबार बेलुकी ६ बजे सुन्दरबजार नगरपालिका-७, पाउँदी स्थित डुम्रे-बेसीशहर सडक खण्ड अन्तर्गत अस्थायी प्रहरी पोष्ट पाउँदीबाट खटिएको प्रहरी टाेलिले सुनारलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

प्रहरिको चेकजाँचको  क्रममा  ग २० प ६७ नम्बरको स्कुटरको सिटमुनि डिक्कीमा लागुऔषध सहित सुनार पक्राउ परेका हुन् ।

उनको साथबाट २ एमएल डिजापाम-८, २ एमएल नोफिन एम्बुल-८, २ एमएल फेनेर्गन एम्बुल-८, ट्रमाडाेल हाइड्रोक्लोराइड क्याप्सुल आइपी ५० एम्जि ३२ क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सुनारलाई लागुऔषध सम्बन्धि कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख डिएसपी निशान्त श्रीवास्तवले बताए ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  २०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update