
लमजुङ - लमजुङ प्रहरीले लमजुङ सदरमुकाम बेसीशहरकी एक वालिकालाई अपहरण गरि भारत लैजाने ब्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत मोतिहारी घाेडासान थाना बकुलिया-५, घर भइ बेसीशहर नगरपालिका-७, सहजी बस्ने ४० वार्षीय सेख सईतुलाका परिवार रहेका छन् ।
उनी सहितका परिवारका सदस्यले बेसीशहर नगरपालिका-७, बस्ने १४ वार्षीया कुमारी (नाम परिवर्तन)लाई गत मङ्सिर २४ मा अपहरण गरि भरततर्फ लग्दै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले सुस्म अनुसन्धान गरि उनीहरुलाई पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए ।
प्रहरीका अनुसार किशोरीलाई नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट उद्दार गरी ल्याइएको छ । प्रहरीले उक्त क्षेत्रबाट नै सेख परिवारलाई पुस १५ गते सोमबार पक्राउ गरि जिप्रका लमजुङ ल्याइएको जनाएको छ । पक्राउ पर्नेमा सेख सहित उनकी श्रीमती र एक छोरा छन् ।
पक्राउ परेकालाई अपहरण तथा शरीर बन्धक सम्बन्धि कसुरमा मंगलबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक श्रीवास्तवले बताए ।
प्रहरीका अनुसार सेख परिवार बेसीशहर-७, सहजीमा बसेर सिरक डसनाको काम गर्दै आएका थिए ।