TagaroNews
त्रिवेणी कपः मच्छिन्द्र र श्री भगवती क्वाटरफाइनलमा प्रवेश     
अगाडीबाट क्रमशः मच्छिन्द्र फुटबल क्लब र श्री भगवती टोखा ।

लमजुङ – बेसीशहरमा जारी ३२ औँ त्रिवेणी कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब काठमाडौं र श्री भगवती फुटबल क्लब टोखा क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार भएको प्रिक्वाटरफाइनलतर्फको खेलमा मच्छिन्द्रले साविक विजेता लालीगुराँस युथ क्लब भुजुङ लमजुङलाई सडन डेथमा ६–५ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । 

सहजी खेलमैदान (त्रिवेणी रंगशाला)मा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

खेलको ३०औं मिनेटमा मच्छिन्द्रका ग्लोरीले लालीगुराँसका लागि शुरुवाती गोल गरे । गोल भएतापनि त्यो अग्रता टोलीले जोगाउन सकेन । खेलको ६६औं मिनेटमा अनिल रानाले मच्छिन्द्रका लागि बराबरी गोल फर्काए । पेनाल्टी शुटआउटमा भने, मच्छिन्द्रले नतिजा आफ्नो पक्षमा पार्न सफल देखियो । 

शनिबारको दोस्रो खेलमा श्री भगवती टोखाले ठाडाराई अधिकारी समाज लमजुङ दिहीथोकलाई २–१ ले हरायो । खेल शुरु भएको पहिलो मिनेट मै अभेख रिचार्डले श्री भगवतीका लागि पहिलो गोल गरेका थिए । तर, लगतै ठाडाराई अधिकारी समाजका लागि हेनरीले बराबरी गोल फर्काएका थिए ।

खेल निकै रोमाञ्चक र प्रतिश्पर्धा भइरहेका बेला ५७औं मिनेटमा निशान्त माझीले श्री भगवतीका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।

आइतबारको पहिलो खेल आयोजक त्रिवेणी र सुन्दरबजार फुटबल क्लब बिच हुनेछ् । यस्तै दोस्रो खेल एन् आर टि फुटबल क्लब काठमाडौं र चामे यूवा समुह बिच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद १२ लाख, त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र पाउनेछ । उपबिजेताले नगद ६ लाख ट्रफि, रजत पदक र प्रमाणपत्र प्राप्त गर्नेछ । 

प्रतियोगितामा सेमीफाइनल पुग्ने दुई टिमले नगद २/२ लाख रुपैयाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, स्वर्णपदक र प्रमाणपत्र, सर्वाधिक गोलकर्ताले २५ हजार, स्वर्णपदक र प्रमाणपत्र र अनुशासित टीमले ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगीताको फाइनल खेल यही पुष २० गतेका दिन हुनेछ ।
 

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  २१:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update