TagaroNews
लमजुङमा बेहोस अवस्थामा भेटिएका पुरुषको मृत्यु 

लमजुङ - लमजुङमा बाटोमा बेहोस अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ । 

शनिबार राती ७ बजे सुन्दरबजार नगरपालिका–९, फुलबारी स्थित बाटोमा बेहोस अवस्थामा फेला परेका अन्दाजी ३५ बर्षका सन्तोष राईको मृत्यु भएको हो । 

बेहोस अवस्थामा रहेका उनलाई केहि स्थानीयले उपचारका लागी सुन्दरबजार अस्पताल लगेका थिए । 

अस्पतालमा सामान्य उपचार पश्चात सुन्दरबजार नगरपालिकाको सहयोगमा भरतपुर अस्पताल चितवन पठाइएकोमा उनको उपचारका क्रममा आइतबार बिहान ७ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । 

स्थानीय स्तरमा मजदुरी गर्दै हिड्ने उनको अन्य ठेगाना खुलेको छैन् । घट्नाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update