TagaroNews
लमजुङमा मृत अवस्थामा पुरुषको शव फेला
सांकेतिक तस्बिर ।

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, लामागाउँ नजिक एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् ।

मृतक बेसीशहर नगरपालिका–६, भैयाश्वर बस्ने ६५ बर्षीया सिंह बहादुर रिमाल रहेको प्रहरीले जनाएको छ । 

उनी शुक्रबार राती करिब सवा ७ बजे लामागाउँ स्थित बाटोदेखी १५ मिटर तल लडेर बाँसको झ्याङ्मा अडकिएको अवस्थामा मृत फेला परेका थिए । 

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार उनी मापसे गरेर हिड्ने क्रममा लडेर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राज किशोर शाहले बताए ।

मृत्यु भएका रिमालको शव लमजुङ अस्पतालमा परिक्षण गरिएको र घट्नाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  २२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update