TagaroNews
नेपाल पत्रकार महासंघ लमजुङ शाखाको अध्यक्षमा पौडेल

लमजुङ - नेपाल पत्रकार महासंघ लमजुङ शाखाको अध्यक्षमा सन्देश पौडेल निर्वाचित भएका छन ।

महासंघ लमजुङ शाखाको शुक्रबार भएको ८ औँ अधिवेशनबाट भारी मतका साथ अध्यक्षमा पौडेल निर्वाचित भएका हुन् ।

लमजुङ शाखामा नेपाल प्रेस युनियन र प्रेस चौतारीको साझा उम्मेदवार रहेका पौडेल २६ मतका साथ विजयी बनेका हुन । उनका प्रतिश्पर्धी स्वतन्त्र उम्मेदवार दिएका अनुज अधिकारीले ५ मत प्राप्त गरे । अन्य पदका उम्मेदवारहरु सर्वसम्मत भएपछि अध्यक्ष पदमा मात्र निर्वाचन गरिएको हो ।

३४ मतदाता रहेको लमजुङमा निर्वाचनमा ३२ मत खसेको थियो । ३२ मध्ये १ मत भने, बदर भएको छ ।

महासंघ लमजुङ शाखाको उपाध्यक्षमा वेलिना थापा, महिला उपाध्यक्षमा बसन्ता भट्ट बानिया सर्वसम्मत निर्वाचित भए । यस्तै सचिवमा कृष्ण आले, कोषाध्यक्षमा निरज अधिकारी सर्वसम्मत विजयी भएका छन् ।

शाखाको सह सचिव पदमा श्रीकला भण्डारी र सीताराम बसेल सर्वसम्मत बने ।

सदस्यहरुमा आस बहादुर गुरुङ, घन बहादुर घिमिरे (जिवी), शान्ता कमली, सुजन बानिया, सविना प्रजा, सुनिता भुजेल, शिला सेन्चुरी निर्वाचित भएका छन् । 

केन्द्रिय परिषद सदस्यमा रामजी राना निर्बिरोध बनेको निर्वाचन अधिकृत सन्तोष पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  २२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update