
लमजुङ – लमजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको दोर्दी गाउँपालिका–५, पाचोकबाट नौथर शेरातर्फ आउँदै गरेको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक दोर्दी गाउँपालिका–३, केराबारी बस्ने २२ बर्षीय सुनिल परियारको मृत्यु भएको हो ।
ट्याक्टरको ढालाको चक्का मर्मतका लागी मंगलबार सांझ करिब साढे ५ बजे नौथर शेरातर्फ आउँदै गरेको प्र.०२००१ त ४४८० नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट सय मिटर तल खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना लगत्तै प्रहरी चौकी श्रीभञ्ज्याङका प्रहरी सहायक निरीक्षक रेख बहादुर थापाको टोलि घट्नास्थल पुगेका थिए । मृतक चालकको शव पोष्टमार्टमका लागी लमजुङ अस्पताल ल्याइएको छ । घट्नाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१ ०९:२०
प्रतिक्रिया दिनुहोस्