TagaroNews
लमजुङमा ट्याक्टर दुर्घटनामा परी एक युवकको मृत्यु

लमजुङ – लमजुङमा ट्याक्टर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

जिल्लाको मर्स्याङ्दी गाउँपालिका–६, ठूलोबेसी गाउँको भित्रि सडक खण्डमा ट्याक्टर दुर्घटनामा परी दुधपोखरी गाउँपालिका–२, भुम्लिचोक घर भएका २५ बर्षीय मेगराज गुरुङको मृत्यु भएको हो ।

ऊनी ट्याक्टरको सह चालक हुन् । सदरमुकाम बेसीशहरबाट बिहेको सामान बोकेर सोहि वडाको ताराचोक गाउँतर्फ जाँदै गरेको ग १ त ६१४१ नम्बरको ट्याक्टर सोमबार बिहान करिब पौने ४ बजे अनियन्त्रित भई सडक देखी १५ मिटर तल खस्दा सोहि ट्याक्टरमा च्याप्पिएर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्याक्टर चालक धादिङ जिल्लाको बेनिघाट गाउँपालिका–६ बस्ने २८ बर्षीय गणेशमान चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घट्नाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update