
लमजुङ – हराएको झण्डै एक महिनापछि लमजुङका एक युवक मृत फेला परेका छन् । जिल्लाको मर्स्याङ्दी गाउँपालिका–४, सिलढुङ्गाका ३० बर्षीय रोशन गुरुङ शनिबार हराएको २९ दिनपछि मृत अवस्थामा फेला परेका हुन् ।
मर्स्याङ्दी गाउँपालिका–४, काप्रेभिर स्थित मर्स्याङ्दी नदिको पाखामा सडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
सुस्त मनस्थितिका रोशन गत कार्तिक २४ गते हराएका थिए । सम्पर्क बिहिन रहेका रोशनलाई स्थानीय र आफन्तले खोजीकार्य गर्ने क्रममा शनिबार दिउँसो पौने २ बजे मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेको थिए ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक राज किशोर साहको टोलि घट्नास्थल पुगी प्रारम्भीक अनुसन्धान गर्दा बाटोबाट ४ सय मिटर तल लडी मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
शव सडेर पोष्टमार्टम गर्न नमिल्ने अवस्थामा रहेकाले स्थानीय र आफन्तको रोहवरमा मुचुल्का गरी दाह संस्कारको लागी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । रोशन सिलढुङ्गा बस्ने मिनराशी गुरुङका छोरा हुन् ।