TagaroNews
स्कुलमा नच्दा नाच्दै लमजुङमा एक वालिकाको मृत्यु
साङ्केतिक तस्बिर ।

लमजुङ - लमजुङको एक निजि स्कुलमा नाच्दा नाच्दै एक वालिकाको मृत्यु भएको छ ।

बेसीशहर नगरपालिका -७, सातविसे स्थित भूपू सैनिक आवासीय मावि बोर्डिङ स्कुलको कक्षा ८ मा अध्ययनरत १४ वर्षीया बिन्ती तामाङ स्कुलमा नाचिरहँदा दिउँसो करिब साढे १ बजे एक्कासी लडेर अचेत बनेकी थिइन ।

दोर्दि गाउँपालिका -८, माथिल्लो दुवार घर भएका ओम बहादुर तामाङको छोरी रहेकी बिन्तीको नाच्दै गर्दा लडेर अचेत बनेको केही बेरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ऊनी प्याब्सन लमजुङको स्थापना दिवसमा हुने नृत्य प्रतियोगिताको अभ्यास गरिरहेकी थिइन् ।

वालिकाको शव पोस्टमार्टमको लागि लमजुङ अस्पतालमा राखिएको छ । घट्नाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update