
लमजुङ – आगलागीका कारण घर जल्दा लमजुङमा एक जनाको मृत्यु भएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. ९ भलामचौर स्थित घरमा लागेको आगलागीका कारण ४५ बर्षीय धर्ती तामाङको मृत्यु भएको हो ।
चितवन घर बताउने मृतक तामाङ स्थानीय लुकु कुमारी गुरुङको घरमा विगत २ बर्षदेखी कामदारको रुपमा एक्लै बस्दै आएका थिए ।
गएराती लागेको आगो स्थानीय र प्रहरीको सहयोगमा राती करिब सवा २ बजे नियन्त्रणमा ल्याइएको थियो ।
आगो नियन्त्रण पश्चात कामदार तामाङलाई खोजी गर्दा जलेर मृत्यु भएको अवस्थामा शुक्रबार बिहान पौने ७ बजे फेला परेको प्रहरीले जनाएको छ ।
ढुङ्गा माटोले बनेको १ तले घर आगोलागीबाट पूर्ण रुपमा नष्ट भएको छ । अन्य क्षति र आगलागीको कारण भने, खुलेको छैन् ।
घट्नाको अवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१ १३:०१
प्रतिक्रिया दिनुहोस्