TagaroNews
सुन्दरबजार बहुउद्धेश्यीय सहकारीको आफ्नै भवन 
सुन्दरबजार बहुउद्धेश्यीय सहकारीको नवनिर्मित भवन ।

लमजुङ- सुन्दरबजार नगरपालिकामा मुख्य कार्यालय रही वित्तिय कारोबार गर्दे आएको सुन्दरबजार बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले आफ्नै भवन निर्माण गरेको छ । सहकारीको १४ औं बार्षिक उत्सवको अवसरमा शुक्रबार सुन्दरबजार नगरपालिका प्रमुख कृष्ण प्रसाद कोइरालले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । उद्घाटनसँगै सहकारीले नयाँ भवनबाटै सेवा सुरु गरेको छ।

गत वैशाखमा निर्माण शुरु गरेको तीन तले सहकारी भवन २ करोड ५० लाखको लगानीमा निर्माण सम्पन्न गरेको सहकारीका प्रबन्धक नेत्र गुरुङले जानकारी दिए । वि.सं.२०६६ सालमा ३१ जना सदस्यबाट सुरु भएको सहकारीमा हाल ५ हजार ८ सय १२ सेयर सदस्य रहेको छ । आर्थिक बर्ष २०७८\०७९ मा १ करोड १० लाख मुनाफ गरेको सहकारीका प्रबन्धक गुरुङ बताए ।

सहकारीको सुन्दरबजार नगरपालिकाको सोतिपसल, कुन्छाबजार र पाँउदी बजारमा शाखा कार्यालय रहेको छ, भने तनहुँको भानु नगरपालिका ११ र व्यास नगरपालिका ८ मा पनि शाखा रहेको  छ । भवन निर्माण सम्पन्न पश्चात आफ्नै भवनबाट सेवा दिँदा अझ बढी सहज हुने सेवाग्राहीलाई पनि सहज सेवा प्रदान गर्न सकिने सहकारीको अध्यक्ष उत्तम गुरुङ बताए।


 

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update