TagaroNews
लमजुङमा प्रसव पिडामा रहेकी महिलाको हेलिकप्टरबाट उद्धार

लमजुङ - लमजुङबाट प्रसव पिडामा रहेकी एक जना महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

लमजुङ दुधपोखरी गाउँपालिका- १, कल्लबारी बस्ने २७ बर्षीय प्रीतीमाया गुरुङलाई बिचौर स्वास्थ्य चौकीबाट हेलिकप्टरमार्फत उद्धार गरी पोखरा पठाइएको हो ।

स्वास्थ्य चौकीमा १८ घन्टा देखी ब्यथा लाग्दा समेत सुत्केरी हुन नसकेपछि अवस्था जटिल बनेको भन्दै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको वडा अध्यक्ष दुर्गामान गुरुङले बताए ।

उनलाई गण्डकी प्रदेश सरकारको पहलमा बुधबार अपराहन्न करिब ४ बजे सिम्रीक एअरको हेलिकप्टर मार्फत पोखरा लगिएको हो ।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update