TagaroNews
लमजुङको काउलेपानी होमस्टेबाट १० जना जुवाडे पक्राउ

लमजुङ - लमजुङ प्रहरीले बेसीशहर नगरपालिका- ३, गाउँशहर स्थित काउलेपानी होमस्टेबाट १० जना जुवाडेलाई पक्राउ गरेको छ ।

स्थानीय कबिन्द्र गुरुङको घरमा हारजितको बाजि राखेर जुवा (कौडा) खेल्दै गरेका १० जनालाई प्रहरीले शुक्रबार राति करिब साढे १ बजे पक्राउ गरेको हो ।

जुवाडेको साथवाट २ लाख ७२ हजार ३ सय ३५ रुपैयाँ  र ११ वटा कौडा बरामद गरिएको  प्रहरी निरीक्षक टुलबहादुर श्रेष्ठले बताए । 

पक्राउ परेका जुवाडेविरुद्ध जुवासम्बन्धी कसुर अन्तर्गत मुद्दा चलाइने र तिहार बिदापछि जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी मुद्दा अघि बढाइने प्रहरीले जनाएको छ ।

जुवा खालबाट १० जना पक्राउ गरेको भनिएपनि उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update