TagaroNews
लमजुङमा घाँस काट्ने क्रममा करेन्ट लागेर  महिलाको मृत्यु
साङ्केतिक तस्बिर ।

लमजुङ  - लमजुङमा घाँस काट्ने क्रममा करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेसीशहर नगरपालिका-२, गैरी बस्ने ५८ बर्षीया गिता पराजुली रहेकी छन् ।

मंगलबार दिउँसो करिब १२ बजेतिर सोही स्थानमा रहेको लमजुङ सीप विकास प्रतिष्ठान (गैरी क्याम्पस) पछाडि घाँस काट्न गएकी पराजुलीको ३३ केभी प्रशारण लाइनको तारबाट करेन्ट लागी मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाँस काट्न गएकी पराजुली धेरै समयसम्म नफर्केपछी खोजी गर्दा दिउँसो पौने २ बजेतिर उक्त स्थानमा मृत अबस्थामा भेटिएपछि उनको परिवार र स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

खबर लगत्तै घट्नास्थल पुगेको प्रहरी टाेलिले घट्नाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update