
लमजुङ - बेसीशहर नगरपालिका-६ मकैडाँडाबाट सदरमुकाम बेसीशहर आउँदै गरेको बोलेरो जिप दुर्घटना भएको छ ।
क्षमता भन्दा धेरै यात्रु बोकेको ग१ज ८५५१ नम्बरको जिप तल्लो मकैडाँडा नजिकैको घुम्तीमा आइतबार बिहान ११:२० बजेको समयमा दुर्घटना भएको हो ।
जिप घुम्तिको ओरालोमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
दुर्घटनामा परी १९ जना घाइते भएका छन् । घाइते मध्य ७ जनाको अवस्था मध्यम खालको रहेको छ भने, १२ जनाको अवस्था समान्य छ ।घाइतेहरूको लमजुङ अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेहरु मध्य बेसीशहर-७, बस्ने ४० बर्षीय राजु रिमाल, बेसीशहर-६, बस्ने ४० बर्षीया बिमला अधिकारी, ३६ बर्षीय केशव विक, ५ बर्षीय अशिम विक, १९ बर्षीया सुमना सेन्चुरी, ४५ बर्षीय राधा रिमाल र ४७ बर्षीया विमला कार्कीको अवस्था मध्यम खालको रहेको प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटनामा परि घाइते मध्य बेसीशहर-३, गाउँशहर बस्ने ३० बर्षीया सृजना भुजेल, ८ बर्षीय विवश भुजेल, २१ बर्षीय बिकास भुजेल, बेसीशहर-६ बस्ने २९ बर्षीया सुविसा थापा, २४ बर्षीय राजेश बस्याल, २४ बर्षीया निशा भण्डारी, ३ बर्षीय रियान बस्याल, ३५ बर्षीय भविश्वर भण्डारी, १६ बर्षका कृतन भण्डारी, १९ बर्षकि सुस्मा रिमाल, ४१ बर्षीय राजेन्द्र रिमाल, १३ बर्षकि सोनिया सेन्चुरी, ४५ बर्षीया राधा रिमालको अबस्था सामान्य रहेको छ ।
जिपमा कति जना सवार थिए खुलेको छैन । सामान्य घाइते रहेका जिप चालक बेसीशहर- ६, बस्ने ५८ बर्षीय कृष्ण बहादुर रिमाल प्रहरी नियन्त्रणमा छन् ।