TagaroNews
तक्मामा मात्र तीन बर्षमा ३४ करोड ५८ लाख खर्च

काठमाडौं – सरकारले विभूषण तयार गर्न तीन वर्षमा ३४ करोड ५८  लाख खर्च गरेको छ । मानपदवी, अलंकार र पदक तयार गर्न तीन वर्षमा सो रकम खर्च भएको  महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । 

विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु्¥याउने व्यक्तिलाई विभूषित गर्न तीन वर्षको अवधिमा चार प्रकारका १२ श्रेणीका मानपदवी,  ९ प्रकारका अलंकार र १३ प्रकारका पदक तयार पारिएको हो ।

मन्त्रिपरिषदबाट  ०७६/७७ मा ६ सय ३३ जना , ०७७/०८८ मा ५ सय ९३ जना र  ०७९ मा ८ सय ८७ जनालाई विभूषित गर्ने निर्यण गरेको थियो । यसैगरी ०७९/८०मा ९ सय ८२ जनालाई विभूषित गर्ने मन्त्रिपरिषदले निर्णय  गरेको  थियो ।
घोषणा गरेका विभूषण तयार गर्न ०७६ मा १५ करोड ८६ लाख, ०७७/०७८ मा १० करोड २२ लाख र ०७८मा १५ करोड ८६ लाख खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

विगतमा घोषणा भएमध्य १ सय ७६ मानपदवी, ३६ अलंकार र ६२ पदकसमेत २ सय ७४ विभूण वितरण नभइ मौज्दात रहेकाले उपयोगमा ल्याउन मिल्ने विभूषणको व्यवस्थापन गर्नुपर्ने महालेखा परीक्षकले औंल्याएको छ ।

विभूषण तयार  गर्न लाग्ने लागत बर्सेनि बढ्दै गएकोले लागतमा कमी ल्याउने र विभूषित हुने संख्या निश्चित गरी खर्चमा नियन्त्रण गर्नेुपर्ने महालेखाको सुझाव छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update