TagaroNews
लमजुङमा अटोमा छुटेको डेढ लाख फिर्ता
प्रहरीको रोहबरमा अटोमा छुटेको रकम डिल बहादुरलाई बुझाउँदै चालक आले ।

लमजुङ – लमजुङमा अटोमा छुटेको डेढ लाख (एक लाख ५० हजार रुपैँया) नगद प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानीका २८ बर्षीय डिल बहादुर विकको अटो चढ्ने क्रममा नगद छुटेको थियो । 

बेसीशहरमा आइतबार बिहान साढे १० बजेतिर घलेगाउँ चोक नजिकै ग.प्र.०४-००१ ह ०३२८ नम्बरको अटोबाट ओर्लेका विकको आफूसंग भएको रकम अटोमै छुटेको हो । 

अटो चालक बेसीशहर नगरपालिका–८ बस्ने ४७ बर्षीय रामबाबु आलेले भने, आफ्नो अटोमा छुटेको सो रकम जिल्ला प्रहरी कार्यालय लमजुङमा बुझाए । 

उक्त रकम प्रहरीको रोहबरमा डिल बहादुरलाई बुझाइएको छ । 


 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update