
काठमाडौं – लमजुङ जिल्ला मुवाँथाई संघको अध्यक्षमा भुपेश गुरुङ सर्वसम्मत चयन भएका छन् । नेपाल राष्ट्रिय मुवाँथाई महासंघको परिपत्र अनुसार लमजुङमा गुरुङ अध्यक्ष रहने गरी ९ सदस्यीय जिल्ला मुवाँथाई संघ गठन भएको हो ।
नेपाल राष्ट्रिय मुवाँथाई महासंघका सचिव खगेन्द्र क्षेत्रीको उपस्थितिमा भएको मुवाँथाई खेलाडीहरुको एक भेलाले लमजुङ जिल्ला मुवाँथाई संघ गठन गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।
नव गठित जिल्ला मुवाँथाई संघको उपाध्यक्षमा राज गुरुङ, सचिवमा उषा गुरुङ र कोषाध्यक्षमा सन्तोष श्रेष्ठ चयन भएका छन् ।
यस्तै सदस्यहरुमा वृक्ष घले, अजय गुरुङ, सृष्टी क्षेत्री, जेन्नी गुरुङ र विकाश तामाङ्ग रहेका छन् । प्रदेश अधिवेशन प्रतिनिधि भने, अध्यक्ष भुपेश गुरुङ र राज गुरुङ रहेका छन् ।
पछिल्लो समय मुवाँथाईको लोकप्रियता नेपालमा समेत बढ्दै गइरहेको छ । मुवाँथाई खेलको विकास र विस्तार गर्ने उद्देश्यसहित जिल्लामा मुवाँथाई संघ गठन गरिएको महासंघका सचिव क्षेत्रीले बताए ।
अध्यक्षमा चयन भएका भुपेश गुरुङ हिट मुवाँथाई किकबक्सिङ एण्ड फिटनेस एकेडेमी सामाखुसी काठमान्डौंका सञ्चालक हुन् । हाल एकेडेमीका ५ जना खेलाडीले व्यवसायीक रुपमा खेल खेल्दै आएका छन् भने, अन्य खेलाडीहरु खेलको प्रशिक्षण लिइरहेका छन् ।
जिल्ला स्तरबाट नै व्यवसायीक खेलाडीहरु उत्पादन गर्न लागीपर्ने नवगठित जिल्ला मुवाँथाई संघको अध्यक्ष गुरुङले बताए ।