TagaroNews
लमजुङमा बाल यौन दुरुपयोगको आरोपमा शिक्षक पक्राउ
सांकेतिक तस्बिर ।

लमजुङ –  लमजुङ प्रहरीले आफ्नै विद्यार्थीलाई यौन दुरुपयोग गरेको आरोपमा लमजुङको एक निजी विद्यालयका शिक्षकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारतको दार्जलिङ स्थित मट्टिग्रह महानगरपालिको खप्रेल घर भई लमजुङको बेसीशहर नगरपालिका –१ बस्दै आएका शिक्षक ३६ बर्षीय मनिष गुरुङ रहेका छन् । 

गुरुङले आफनै कोठामा जाउ भनी कक्षा ४ मा अध्ययनरत एक ९ बर्षीया बालिकालाई टयूसन पढाउने भन्दै संवेदनशील अंग छुने, छाती मुसार्ने, चुम्बन गर्ने जस्ता कार्य गरेको पीडित बालिकाको अभिभावकले दिएको किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङले उनलाई सोमबार पक्राउ गरेको हो । 

पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरिक्षक थानेश्वर चपाईले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  २०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update