TagaroNews
लमजुङमा रुख काट्ने क्रममा एक युवकको मृत्यु
साङ्केतिक तस्बिर ।

लमजुङ - लमजुङको बेसीशहर नगरपालिका–१० गाउँ भाचोकमा रुख काट्ने क्रममा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्ला राक्सीराङ गाउँपालिका–६, स्थायी घर भएका १८ वर्षिया राजु तामाङ रहेका छन् ।

गाउँ भाचोकस्थित इन्द्रेणी सामुदायिक वनमा रुख काट्न गएका तामाङको काट्दै गरेको रुखको हाँगाले लागेर मृत्यु भएको हो ।  शनिवार दिउसो करिव ३ वजेतिर तामाङको घटनास्थलमै मृत्यु भएको लमजुङका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक थानेश्वर चपाईले बताए । 

घटनाबारे जानकारी लगत्तै प्रहरी टोलि घटनास्थलतर्फ लागेको छ । घटनाबारे थप अनुसन्धान अघि बढाउने  प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update