TagaroNews
अन्तराष्ट्रिय मुवाँथाइमा मिलनलाई दोस्रो सफलता  

काठमाडौं - नेपाली मुवाँथाई खेलाडी मिलन तामाङले अन्तराष्ट्रिय व्यवसायीक मुवाँथाई प्रतियोगीतामा दोस्रो सफलता हात पारेका छन् ।

अगस्ट २६ मा कम्बोडियाको नोम पेन्ह शहरमा भएको प्रतियोगीतामा मिलन (६० केजी)ले कम्बोडियाका लङ अचर्ट (६३ केजी)लाई हराएर बिजेता बनेका हुन् । बिजेता बनेसँगै मिलनले २० हजार भाट रकम प्राप्त गरे ।

नोम पेन्ह शहरमा रहेको कुन खमेर म्याट्रिक ग्रान्ड फाइट टीमले अन्तराष्ट्रिय प्रतियोगीता आयोजना गरेको हो ।

मिलन हिट मुवाँथाई किकबक्सिङ एण्ड फिटनेस एकेडेमी सामाखुसी काठमान्डौंका खेलाडी हुन् । धादिङ घर भइ हाल सामाखुसी बस्दै आएका मिलनको अन्तराष्ट्रिय प्रतियोगीतामा यो दोस्रो सफलता रहेको एकेडेमीका सञ्चालक भुपेश गुरुङले बताए ।

यसअघि मिलनले थाइल्यान्डको बैंककमा अगस्ट ९ मा भएको पुरुष ६० केजीको प्रतियोगीतामा जापानका टेन्साइलाई नक आउट गर्दै बिजेता बनेका थिए ।

मिलन राष्ट्रिय प्रतियोगीतामा भने, ७ पटक विजेता भैसकेको एकेडेमीका सञ्चालक गुरुङले जानकारी दिए । 

२० बर्षका मिलन १६ बर्षको उमेर देखी नै खेल खेल्दै आएको प्रशिक्षक सोम ठकुरी (बाबु) ले जानकारी दिए । हिट मुवाँथाई किकबक्सिङ एण्ड फिटनेस एकेडेमीका मिलन सहित ५ जना खेलाडीले व्यवसायीक रुपमा खेल खेल्दै आएका छन् ।

यो पनि..

अन्तराष्ट्रिय मुवाँथाइमा मिलनलाई सफलता

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update